अपहरणमा परको २ घण्टामै बालिकाको उद्दार « Khabarhub

अपहरणमा परको २ घण्टामै बालिकाको उद्दार


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रहरीले दाङबाट अपहरणमा परको दुई घण्टामै ३ वर्षीय एक बालिकाको उद्दार गरेको छ । अपहरणको सूचना आएलगत्तै खोजीका लागि जुटेको जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले अपहरणकारीको पञ्जाबाट बालिकाको स–कुशल उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार सोमबार दिउँसो २ बजे दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीको अपहरण भएको थियो । अपहरणको सूचनलगत्तै टोली खोजीमा जुटेको थियो ।

प्रहरीका अनुसार कोठाबाटै ती बालिकाको अपहरण भएको थियो । प्रहरीले उनको उद्दारसँगै अपहरणको आरोपमा घोराही उपमहानगरपालिका–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया