पूर्वप्रधानन्यायाधीशविरुद्ध नै मुद्धा दायर | Khabarhub Khabarhub

पूर्वप्रधानन्यायाधीशविरुद्ध नै मुद्धा दायर


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाली अभियोजनकर्ताले पूर्व प्रधानन्यायाधीशले शक्तिको दुरुपयोग गरेको तथा बेइमानी गरी आफ्ना फैसला सुनाउने गरेको अभियोगमा अभियोग दर्ता गरेका छन् ।

सन् २०११ देखि सन् २०१७ सम्म प्रधानन्यायाधीश रहेका याङ सुन ताएले त्यसबीच गरेका फैसलामा गम्भीर अनियमितता भएको भन्दै उनीविरुद्ध ४७ अभियोगमा मुद्धा दर्ता गरिएको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले जनाएको छ ।

उनीमाथि दोश्रो विश्वयुद्ध ताका कोरिया जापानको अधिनमा रहँदा जापानी कम्पनीले प्रयोग गरेको बधुँवा मजदुरका विषयमा अनियमितता गरी फैसला सुनाएको अभियोग लागेको छ । त्यस्तै उनले पूर्व राष्ट्रपति पार्क गुन हेइको सरकारलाई फाइदा पुग्नेगरी केही विवादास्पद फैसलामा ढिलाई गरेको पनि अभियोग पत्रमा उल्लोख भएको योन्हापले जनाएको छ ।

प्रहरीले उनलाई गत महिना गिरफ्तार गरेको थियो । यससँगै याङ दक्षिण कोरियामा आफ्नो फैसलाका विषयलाई लिएर मुद्धा दायर खेप्ने पहिलो पूर्वप्रधानन्यायाधीश बनेका छन् । उनको मुद्धाका विषयमा हुने सुनुवाईको मिति भने तोकिएको छैन ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ३० बजे

इरानमा हिजाब नलगाउने महिलालाई १० वर्षसम्म जेल सजाय

तेहरान– अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए

कैलालीबाट पाँच जुवाडे पक्राउ

धनगढी– कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री 

न्यूयोर्क– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा

तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ

लुम्बिनी– कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको

आज १० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र