ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु « Khabarhub

ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् ।

पूर्वतर्फ गइरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा गए राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका माझीको उपचारको क्रममा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

माझीसँगै ट्रकको ठक्करबाट घाइते भएका सोही ठाउँका ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

भारतीय ट्रकमा आगजनीको प्रयास

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ ।

बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि निजहरु भागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ५४ बजे

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक