अचम्म ! भारतमा खाएर म्यान्मारमा सुत्छन् यहाँका मुखिया | Khabarhub Khabarhub

अचम्म ! भारतमा खाएर म्यान्मारमा सुत्छन् यहाँका मुखिया


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईले कुनै त्यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँका मुखिमा एक देशमा खाना खाएर अर्को देशमा सुत्न जान्छन् ।

यदि सुन्नुभएको छैन भने भारतमा एउटा यस्तो गाउँ छ जुन गाउँ जति सुन्दर छ, त्यो भन्दा बढी यो गाउँसँग जोडिएका रोचक इतिहास छ ।

भारतको एउटा गाउँ ‘लोंगवा’ जसको आधी भूभाग भारतमा पर्छ भने आधि भू–भाग म्यानमारमा पर्छ । यस गाउँको एक अर्को खास इतिहास छ । यहाँ रहने मानिसहरुका बीच निकै ठूलो दुश्मनी थियो । यो दुश्मनी भने सन १९४० पछि भने प्रतिबन्ध लागेको बताइन्छ ।

लोंगवा नागााल्याण्डको मोन जिल्लामा पर्छ । यो म्यानमारसँग जोडिएको यो गाउँ हो । यहाँ आदिवासीहरुको बसोबास छ । प्राचीन कालमा त्यहाँका बासिन्दा जमिन कब्जा गर्न बालबच्चादेखि बृद्धवृद्धासम्म लडाईमा होमिन्थे ।

सन १९४० भन्दा पहिले ‘कोंयाक’ आदिवबासी आफ्नो सन्तानको रक्षाका लागि तथा जमिन हडप्न अरुको शिर काट्ने सम्मको हिंसा मच्चाउथे । यी आदिवासीहरुको धेरै वस्ती पहाडी क्षेत्रमा थियो । जसका कारण दुश्मनमाथि हमला गर्न सहज होस् । दुश्मनहरु आएको सहज जानकारी हुन सकोस् ।

यस्ता हिंसात्मक गतिविधि बढ्दै गएपछि सन १९४० पछि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । त्यहाँका बृद्धबृद्धाका अनुसार सन १९६९ पछि यस्ता कुनै घटना भएका छैनन् । त्यसताका यस्तो हिंसा रोक्न यो गाउँलाई दुई भागमा बाँडियो । सीमानको एक क्षेत्रमा बर्मीज (म्यानमार)को भाषा र अर्को क्षेत्रमा हिन्दी भाषीहरुको बसोबास हुन थाल्यो ।

कोयाक आदिवासीमा मुखिया प्रथाको चलन थियो । मुखिया धेरै गाउँमा प्रमुख हुन्थे । उनका एक भन्दा बढी पत्नी पनि हुन्थे । उनीहरुलाई जति वटा विवाह गरे पनि छुट थियो । तत्कालीन एक मुखिया जसको घर भएको स्थानबाटै उक्त सिमाना छुट्याइएको थियो ।

त्यसकारण यहाँका मुखिया खाना भारतमा खान्थे भने सुत्न म्यानमार पुग्ने गरेको बताइन्छ । यस गाउँका मानिसहरुको भारत र म्यानमार दुबै देशको नागरिको रहेको बताइन्छ । उनीहरु विना पासपोर्ट–भीषा दुबै देशको यात्रा गर्न सक्दछन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ११ : २३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न