विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै « Khabarhub

विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा आज (बिहीबार) दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल हुँदैछ ।

पाँच पटकको विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा आज पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको इंग्ल्यान्डसँग खेल्दैछ ।

बमिङ्घमस्थित इड्जबस्टोन क्रिकेट मैदानमा हुने खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियालाई पराजित गर्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छु ।

पछिल्लो २७ वर्षमा नकआउट चरणमै संघर्षरत इंग्ल्यान्ड फाइनल प्रवेशका लागि अस्ट्रेलिया साविक विजेता टोलीलाई रोक्ने लक्ष्यमा रहेको् छ ।

इङ्ग्ल्याण्डका कप्तान इयोन मोर्गनले विश्वकप क्रिकेटको सेमिफाइनलका लागि इङ्ग्ल्याण्डको अहिलेको भन्दा राम्रो तयारी हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘पछिल्ला दुई खेलमा हामी हाम्रो सर्वाधिक राम्रो खेलको नजिक थियौँ। त्यही भएर एकदमै उत्साहित छौँ।’ लिग चरणमा अस्ट्रेलियासँग पराजित भएपछि लिग चरणबाटै बाहिरीने भय बोकेको इंग्ल्यान्ड भारत र न्यूजिल्यान्ड दुवैलाई पराजित गर्दै खेलमा फर्किएको थियो ।

पहिलो चरणको अधिकांश समयआरोन फिन्चले उक्त मैदानको वातावरण राम्रो भएको र त्यहाँ खेल्न सधैँ राम्रो लाग्ने बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ११ : २१ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर