विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै | Khabarhub Khabarhub

विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा आज (बिहीबार) दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल हुँदैछ ।

पाँच पटकको विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा आज पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको इंग्ल्यान्डसँग खेल्दैछ ।

बमिङ्घमस्थित इड्जबस्टोन क्रिकेट मैदानमा हुने खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियालाई पराजित गर्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छु ।

पछिल्लो २७ वर्षमा नकआउट चरणमै संघर्षरत इंग्ल्यान्ड फाइनल प्रवेशका लागि अस्ट्रेलिया साविक विजेता टोलीलाई रोक्ने लक्ष्यमा रहेको् छ ।

इङ्ग्ल्याण्डका कप्तान इयोन मोर्गनले विश्वकप क्रिकेटको सेमिफाइनलका लागि इङ्ग्ल्याण्डको अहिलेको भन्दा राम्रो तयारी हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘पछिल्ला दुई खेलमा हामी हाम्रो सर्वाधिक राम्रो खेलको नजिक थियौँ। त्यही भएर एकदमै उत्साहित छौँ।’ लिग चरणमा अस्ट्रेलियासँग पराजित भएपछि लिग चरणबाटै बाहिरीने भय बोकेको इंग्ल्यान्ड भारत र न्यूजिल्यान्ड दुवैलाई पराजित गर्दै खेलमा फर्किएको थियो ।

पहिलो चरणको अधिकांश समयआरोन फिन्चले उक्त मैदानको वातावरण राम्रो भएको र त्यहाँ खेल्न सधैँ राम्रो लाग्ने बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ११ : २१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र