विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई किन राखियो गुमराहमा ? « Khabarhub

विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई किन राखियो गुमराहमा ?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई ‘अनभिज्ञ’ राखिएको बताएका छन् । भारतीय पक्षबाट आएको पत्रबारे आफूले थाहा नपाएका हुनाले पत्र आएको छैन भनेको प्रधानमन्त्रीको प्रष्टीकरण थियो ।

बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा विषादी प्रकरणबारे भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको दाबी गरेका छन् ।

‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ’ प्रधानमन्त्री ओलीले भने,’ त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो। तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ। म त्यसबाट अत्यन्त दुखित छु ।’

ओलीले अगाडि भने‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो। एउटा यथार्थ मबाट लुकेको रहेछ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिले देशका कार्यकारी प्रमुख कति गुमराहमा रहेछन् र उनलाई उक्त सूचना दिन नखोज्ने को हो भन्ने प्रश्न उब्जिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले २१ गते नेकपाको संसदीय दलको बैठमा ‘कस्तो पत्र कसले पठाएको पत्र?’ भन्दै सांसदहरूमाथि आक्रोश पोखेका थिए। उनले पत्रै नआएको दाबी गरेका थिए।

लुकेको कुरा थाहा नहुँदा मैले आएको छैन (पत्र) भनें। त्यसबाट मैले कहीं जनतालाई अल्मल्याउन खोजेको त होइन भन्ने भ्रम पर्ने अवस्था र विरोधीहरूले भएको कुरालाई हैन भन्यो भनेर प्रचार गर्ने मौका पाए,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई त्यसमा कुनै त्यो एउटा तथ्यलाई अर्को ढंगले भन्नुपर्ने र त्यसो भन्दा लाभ हुने अवस्था होइन र थिएन।’

परीक्षणका लागि तयारी नपुगेको र त्यसअनुसारको संरचना पनि नभएको पाएपछि केही समयका लागि रोक्ने निर्णय आफैंले गरेको ओलीले दाबी गरे। ‘त्यो चासो सरोकार जनाएको कुरा पनि मसम्म आएको थिएन। मैले त आफैं तयारी पुगेको छैन भनेर रोकेको हुँ,’ प्रधानमन्त्री ओलीले भने, ‘भित्रभित्रै कुरा भएको रहेछ। विभिन्न ठाउँमा राजदूतले नै भेटेर भनेको आदि पाइयो। यो कुरा त मलाई कसैले बताएन। मैले त हाम्रो तयारी पुगेन भनेर केही समयका लागि तयारी गर्नका लागि रोक्ने निर्देशन गरेको हो।’

उनले विषादी परीक्षण कुनै देशसँग लक्षित नरहेको बताए। ‘यो कुनै देशसँग लक्षित होइन। सामान्य ढंगले हामीले आयात गर्ने खाद्यपदार्थ शुद्ध हुनुपर्छ भन्ने कुरा हो,’ उनले भने, ‘यो कुनै देशका विरुद्ध होइन, हामी धेरै देशबाट खाद्य सामग्री आयात गर्छौं, बंगलादेश, थाइल्यान्ड, ब्राजिल, अमेरिकाबाट गर्छौं तर अलिक ठूलो भोल्युममा भएकाले त्यसले अलिक चासो सरोकार जनायो होला।’ प्रधानमन्त्री ओलीले अहिले पनि सम्पूर्ण रूपमा परीक्षण नरोकिएको दाबी गरे।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ११ : ३४ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले