सरकारको समीक्षा गर्न सिंहदरबारमा बैठक « Khabarhub

सरकारको समीक्षा गर्न सिंहदरबारमा बैठक


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा गरेका कामको मन्त्री तथा सचिवहरुले समीक्षा गर्दैछन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज (बिहीबार) बोलाइएको बैठकमा सरकारका मन्त्री तथा सबै मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा लिएका लक्ष्यको प्रगति तथा आगामी आर्थिक वर्षको योजनाका विषयमा बैठकमा छलफल हुनेछ । दुई तिहाईको सरकार भएर पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले भने आफ्नो लक्ष्यअनुसार नै अघि बढेको दाबी गरिरहेको छ ।

काम भन्दा कुरा बढी, भ्रष्टाचार नियन्त्रण, शान्ति सुरक्षा जस्ता सवालमा सरकार चुकेको भन्दै आलोचना भइरहेको छ । यस्तै गुठी विद्येयक, मिडिया काउन्सिल विद्येयक लगायतले पनि सरकारलाई निकै आलोचित बनाएको छ ।

पूँजिगत खर्च पनि कछुवा गतिमा छ । सरकारले यो वर्ष गरेको कामको समीक्षा र राष्ट्रिय प्राथमिकता प्राप्त ठुला आयोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँबरले जानकारी दिए ।

यस्तै जनताका सेवासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने छ । चालु आर्थिक वर्षलाई संघियता कार्यान्वयनको वर्षका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षबाट विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै आएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ११ : ५४ बजे

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक