‘छ माया छपक्कै’ ले रिलिज मिति तोक्यो | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ ले रिलिज मिति तोक्यो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ ले प्रदर्शन मिति तय गरेको छ । यसअघि फिल्म दशैँको मौका पारेर रिलिज हुने भनिए पनि मिति तय गरिएको थिएन ।

निर्माण टिमका अनुसार यो फिल्म असोज १० गते प्रदर्शन हुने भएको छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारीको जोडी देख्न सकिनेछ । फिल्मको छायांकन नसकिँदै विदेशी राइट्स एक करोडभन्दा बढीमा विक्री भएको यो फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् । फिल्ममा केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

चर्चाका हिसाबले यो फिल्मले दर्शकको ध्यान तान्ने देखिए पनि यो मितिमा अर्को फिल्म ‘घामड शेरे’ पनि पद्रर्शनमा आउने सम्भावना छ । यो फिल्मलाई डीसीएनले वितरणको जिम्मा लिइसकेको छ ।

योसँगै दशैँमा अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ पनि प्रदर्शन हुँदैछ । फिल्म फूलपातीका दिनदेखि रिलिज हुने सम्भावना बढेको छ । यद्यपि ‘घामड शेरे’ र ‘रातो टीका निधारमा’ टिमले रिलिज मिति भने फाइनल गरेका छैनन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १ : ५८ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ