धुर्मुस-सुन्तली फाउण्डेसन क्रिकेट र‌ंगशाला निमार्णको काममा फर्कने « Khabarhub

धुर्मुस-सुन्तली फाउण्डेसन क्रिकेट र‌ंगशाला निमार्णको काममा फर्कने


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण कार्य स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम शुरु हुने भएको छ । बिहीबार धुर्मुस–सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्ति जारी गरी रंगशाला निर्माणको काम अघि बढाउने जानकारी दिएको हो ।

विज्ञप्तिमा चिवनवासीले आगामी दिनमा रंगशाला निर्माणमा रुकावट नहुने प्रतिबद्धता जनाएपछि कामलाई निरन्तर अगाडि बढाउन लागिएको सिताराम कट्टेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी स्थगित भएको निर्माण कार्यलाई सुचारु गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्यमा आ-आफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ ।’

‘हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ,’ उनले भने,‘जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिबद्ध रहनुहुनेछ ।’

स्थानिय बासिन्दाले रंगशालाको तारबारमाथि डोजर चलाएपछि फाउण्डेसनले गत जेठ १५ गतेदेखि रंगशाला निर्माणको काम बन्द गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  २ : ३२ बजे

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका

कानुनसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न सातवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार