प्रादेशिक अस्पताल जलमग्न, पानी फाल्न जनपद र सशस्त्र प्रहरी खटियो « Khabarhub

प्रादेशिक अस्पताल जलमग्न, पानी फाल्न जनपद र सशस्त्र प्रहरी खटियो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षातको समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ ।

अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ ।

अस्पताल परिसरमा पानी जमेका कारण सेवाप्रदत्त चिकित्सक, नर्स, एम्बुलेन्स र सर्वसाधरणलाई आवतजावतमा कठिनाइ भएकाले पनि अहिले पानी फाल्न जनपद र सशस्त्र प्रहरीले मोटरको प्रयोग गगरिरहेका छन् ।

यस्तै अस्पतालको अवस्थालाई सामान्य बनाउन महानगरपालिकाले वरपरका अवरुद्ध नालालाई सफा गरिरहेकाले केही समयपछि नै जमेको पानी हट्ने महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सविन दाहालले बताए । अस्पतालमा बिरामीको उपचारमा कुनै असुविधा नभएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : ३८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन