प्रादेशिक अस्पताल जलमग्न, पानी फाल्न जनपद र सशस्त्र प्रहरी खटियो | Khabarhub Khabarhub

प्रादेशिक अस्पताल जलमग्न, पानी फाल्न जनपद र सशस्त्र प्रहरी खटियो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षातको समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ ।

अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ ।

अस्पताल परिसरमा पानी जमेका कारण सेवाप्रदत्त चिकित्सक, नर्स, एम्बुलेन्स र सर्वसाधरणलाई आवतजावतमा कठिनाइ भएकाले पनि अहिले पानी फाल्न जनपद र सशस्त्र प्रहरीले मोटरको प्रयोग गगरिरहेका छन् ।

यस्तै अस्पतालको अवस्थालाई सामान्य बनाउन महानगरपालिकाले वरपरका अवरुद्ध नालालाई सफा गरिरहेकाले केही समयपछि नै जमेको पानी हट्ने महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सविन दाहालले बताए । अस्पतालमा बिरामीको उपचारमा कुनै असुविधा नभएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : ३८ बजे

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार