भारतीय दूतावासको पत्रमाथि उठेका पश्नको उत्तर परराष्ट्रले दिनुपर्छः मन्त्री खनाल | Khabarhub Khabarhub

भारतीय दूतावासको पत्रमाथि उठेका पश्नको उत्तर परराष्ट्रले दिनुपर्छः मन्त्री खनाल


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादि परीक्षणका सम्बन्धमा भारतीय दूतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् ।

भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पारे । मन्त्री खनालले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम सो निर्णयपछि पनि नरोकिएको पनि स्पष्ट पारेका थिए ।

मन्त्री खनालले तत्कालका लागि कृषकका लागि मलको अभाव नभएको पनि बताए । उनले मनसुन सूरु भएकाले धान रोपाईँमा अव समस्या नहुने पनि बताए । यस वर्ष मनसुन ढिलाई भएकाले गत वर्षको तुलनामा धान रोपाईँ हुन नसकेको मन्त्री खनालको भनाई थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : १३ बजे

अदालतभित्रै श्रीमानले श्रीमती कुटे

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना