नक्कली डीएसपी बनेर ठगी गर्ने लुइटेल पक्राउ « Khabarhub

नक्कली डीएसपी बनेर ठगी गर्ने लुइटेल पक्राउ


२६ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको सीआइबीको डीएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटले सीआइबीको डीएसपी हुँ भन्द‌ै ठगी गर्ने ३८ वर्षीय राजेन्द्र प्रसाद लुइटेललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी कुमार बिक्रम थापाले धादिङ धुनिवेशी नगरपालिका–२ का स्थानीय बासिन्दा लुइटेललाई नियन्त्रणमा लिइएको जानकारी दिए।

लुइटेललाई नगार्जुन नगरपालिका–७ सीतापाइलाबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । थानकोट बृत्त प्रमुख थापाका अनुसार चन्द्रागिरि नगरपालिका–५ बस्ने लुइटेलले चन्द्रागिरि नगरपालिका–३ बस्ने बिजय तामाङलाई आफू सीआइबीमा कार्यरत प्रहरीको डीएसपी भएको र आफूसँग सेक्युरिटी कम्पनी रहेको भन्दै उक्त कम्पनीमा ५ प्रतिशत सेयर हाल्न रु १ लाख ६० माग गरेका थिए ।

उनले तामाङसँग पटक–पटक भेट तथा फोन सम्पर्क गरी रकम माग गरेको र घटनाका पीडितले रु १० हजार दिइसकेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नक्कली डीएसपीको साथबाट एक थान रेडियो सेट, चार्जर एक थान र नगद १० हजार समेत प्रहरी बरामद गरेको छ । राजेन्द्र प्रसाद लुइटेल सशस्त्र प्रहरीको भगौडा प्रहरी रहेको अनुसन्धानबाट खुलेको छ ।

उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ६ : १६ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो