बेलायती तेल ट्यांकरलाई इरानद्वारा हर्मुजको खाडीमा अवरोध « Khabarhub

बेलायती तेल ट्यांकरलाई इरानद्वारा हर्मुजको खाडीमा अवरोध


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– फारसको खाडीस्थित हर्मुजको स्ट्रेटमा इरानी फौजले तेल बोकेको बेलायती पानीजहाजमाथि अवरोध गरेको छ ।

तेल बोकेको ‘ब्रिटिस हेरिटेज’ नामक बेलायती तेल ट्यांकरलाई इरानको रिभल्यूशनरी गार्ड कर्पसँग आबद्ध रहेको विश्वास गरिने तीन पानीजहाजले रोक्न खोजेको बेलायतको रक्षामन्त्रालयले जनाएको छ ।

पछि बेलायती नौसेनाको एचएमएस मोन्ट्रोज नामक युद्धपोतले हस्तक्षेप गरेपछि ती इरानी पानीजहाज भागेको बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ । यद्यपि उक्त घटनामा कुनै गोलाबारी नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायती अधिकारीले यस घटनालाई अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको भन्दै इरानलाई मध्यपूर्वमा जारी तनावलाई कम गर्ने प्रयास गर्न आह्वान गरेका छन् । केही समयअघिमात्र भूमध्य सागरको जिब्राल्टरको स्ट्रेटमा बेलायतले तेल बोकेको इरानी पानीजहाज नियन्त्रणमा लिएपछि बेलायत र इरानबीचको सम्बन्ध चिसिएको छ । इरानले बेलायती कदमको जवाफ दिने चेतावनी दिइसकेको छ । उक्त चेतावनीका बावजुद इरानले पछिल्लो घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।

केही साताअघिमात्र हर्मुजको स्ट्रेटमा केही तेल बोकेका ट्यांकरमाथि आक्रमण हुने गरेको घटना सार्वजनिक भएका थिए । अमेरिका तथा सो क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरुले यस्ता आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएपनि इरानले यस्ता घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

इरानको आणविक कार्यक्रमलाई लिएर इरान र पश्चिमा मुलुकबीच तनाव उत्कर्षमा रहेका बेला हर्मुजको स्ट्रेटमा बेलायती पानीजहाजलाई रोक्ने प्रयास भएको हो । केही समयअघिमात्र इरानले सो क्षेत्रमा अमेरिकी जासुसी ड्रोन खसालेको थियो । हालैमात्र इरानले सन् २०१५ मा भएको आणविक सम्झौताका महत्वपूर्ण बुँदाहरुबाट पछि हट्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ३० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले