बेलायती तेल ट्यांकरलाई इरानद्वारा हर्मुजको खाडीमा अवरोध « Khabarhub

बेलायती तेल ट्यांकरलाई इरानद्वारा हर्मुजको खाडीमा अवरोध


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– फारसको खाडीस्थित हर्मुजको स्ट्रेटमा इरानी फौजले तेल बोकेको बेलायती पानीजहाजमाथि अवरोध गरेको छ ।

तेल बोकेको ‘ब्रिटिस हेरिटेज’ नामक बेलायती तेल ट्यांकरलाई इरानको रिभल्यूशनरी गार्ड कर्पसँग आबद्ध रहेको विश्वास गरिने तीन पानीजहाजले रोक्न खोजेको बेलायतको रक्षामन्त्रालयले जनाएको छ ।

पछि बेलायती नौसेनाको एचएमएस मोन्ट्रोज नामक युद्धपोतले हस्तक्षेप गरेपछि ती इरानी पानीजहाज भागेको बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ । यद्यपि उक्त घटनामा कुनै गोलाबारी नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायती अधिकारीले यस घटनालाई अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको भन्दै इरानलाई मध्यपूर्वमा जारी तनावलाई कम गर्ने प्रयास गर्न आह्वान गरेका छन् । केही समयअघिमात्र भूमध्य सागरको जिब्राल्टरको स्ट्रेटमा बेलायतले तेल बोकेको इरानी पानीजहाज नियन्त्रणमा लिएपछि बेलायत र इरानबीचको सम्बन्ध चिसिएको छ । इरानले बेलायती कदमको जवाफ दिने चेतावनी दिइसकेको छ । उक्त चेतावनीका बावजुद इरानले पछिल्लो घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।

केही साताअघिमात्र हर्मुजको स्ट्रेटमा केही तेल बोकेका ट्यांकरमाथि आक्रमण हुने गरेको घटना सार्वजनिक भएका थिए । अमेरिका तथा सो क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरुले यस्ता आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएपनि इरानले यस्ता घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

इरानको आणविक कार्यक्रमलाई लिएर इरान र पश्चिमा मुलुकबीच तनाव उत्कर्षमा रहेका बेला हर्मुजको स्ट्रेटमा बेलायती पानीजहाजलाई रोक्ने प्रयास भएको हो । केही समयअघिमात्र इरानले सो क्षेत्रमा अमेरिकी जासुसी ड्रोन खसालेको थियो । हालैमात्र इरानले सन् २०१५ मा भएको आणविक सम्झौताका महत्वपूर्ण बुँदाहरुबाट पछि हट्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ३० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र