सुदूरपश्चिम प्रदेशसभाबाट अर्थ विधेयक पारित | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभाबाट अर्थ विधेयक पारित


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–सुदूरपश्चिम प्रदेशसभाको विहीबारको बैठकले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ पारित गरेको छ।

यसैगरी आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पनि बैठकले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठकमा उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।

यसअघि आगामी आवको बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बोहराले कमीकमजोरी सुधार गर्दै बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

अनियमितता र भ्रष्टाचार गरेको प्रमाण फेला परे जो कोहीलाई कारवाही गर्न सरकार पछि नहट्ने मन्त्री बोहराले प्रतिबद्धता व्यक्त गरे । समानुपातिक सदस्यहरुलाई बजेट विनियोजन गर्दा विभेद गरिएको गुनासोबारे उनले सबैलाई न्याय दिन कुनै कञ्जुस्याइँ नगरिने र यसका लागि कार्यविधि परिमार्जन गर्न लागिएको जानकारी दिए ।

प्रदेश सरकारले ल्याएको अगामी आवको बजेटबारे सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि राखेका थिए । बैठकको प्रारम्भमा समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शान्ति नेपालीले भारतको बैङ्लोरमा बझाङको थलारा गाउँपालिका—२ का नारायणबहादुर खड्का, उहाँकी श्रीमती निर्मला र छोरी अनुष्काको घर भत्किँदा च्यापिएर निधन भएकाले मृतकका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

यसअघि आज बिहान बसेको प्रदेशसभाको बैठकमा आगामी आवको वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथिको बाँकी छलफल सकिएको थियो । प्रदेश सरकारले आगामी आवका लागि असार १ गते रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : १० बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको