सुदूरपश्चिम प्रदेशसभाबाट अर्थ विधेयक पारित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाबाट अर्थ विधेयक पारित


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–सुदूरपश्चिम प्रदेशसभाको विहीबारको बैठकले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ पारित गरेको छ।

यसैगरी आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पनि बैठकले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठकमा उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।

यसअघि आगामी आवको बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बोहराले कमीकमजोरी सुधार गर्दै बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

अनियमितता र भ्रष्टाचार गरेको प्रमाण फेला परे जो कोहीलाई कारवाही गर्न सरकार पछि नहट्ने मन्त्री बोहराले प्रतिबद्धता व्यक्त गरे । समानुपातिक सदस्यहरुलाई बजेट विनियोजन गर्दा विभेद गरिएको गुनासोबारे उनले सबैलाई न्याय दिन कुनै कञ्जुस्याइँ नगरिने र यसका लागि कार्यविधि परिमार्जन गर्न लागिएको जानकारी दिए ।

प्रदेश सरकारले ल्याएको अगामी आवको बजेटबारे सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि राखेका थिए । बैठकको प्रारम्भमा समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शान्ति नेपालीले भारतको बैङ्लोरमा बझाङको थलारा गाउँपालिका—२ का नारायणबहादुर खड्का, उहाँकी श्रीमती निर्मला र छोरी अनुष्काको घर भत्किँदा च्यापिएर निधन भएकाले मृतकका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

यसअघि आज बिहान बसेको प्रदेशसभाको बैठकमा आगामी आवको वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथिको बाँकी छलफल सकिएको थियो । प्रदेश सरकारले आगामी आवका लागि असार १ गते रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : १० बजे

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ? 

काठमाडौं– जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३