जनप्रतिनिधि मदिरामा मस्त « Khabarhub

जनप्रतिनिधि मदिरामा मस्त


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायण खड्का

तनहुँ– तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधिले नगरसभाका नाममा मदिरा पाटीको आयोजना गरी राज्यकोषको दुरुपयोग भएको भन्दै सर्वत्र विरोध शुरु भएको छ ।

नगरपालिकाले स्थापनाको ३१औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गरे लगत्तै नगर प्रमुखसहित नगरसभा सदस्य मदिरा सेवन गर्दै नाचेको विषय प्रति टिकाटिप्पणी र आलोचनाले घेरिन थालेको छ ।

ब्यानर नै प्रष्ट रुपमा देखिने गरी आएको भिडियोमा नगर प्रमुख केही सदस्यसँग नाचगानमा मस्त देखिन्छन् ।

नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले वल्ड दरबार, ह्विस्की पिउँदै नाचगान गरेका थिए । समाचार तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित हुन थालेपछि नगरपालिकाका जनप्रतिनिधि तथा कर्माचारीहरु प्रति निकै आलोचनात्मक टिकाटिप्पणी हुन थालेका छन् ।

यो विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले यो सामान्य विषय भएको प्रतिक्रिया दिए । नगरपालिकाले अघिल्लो नगरसभा, दसैंका बेला पनि मदिरासहितको कार्यक्रम आयोजना गर्ने गरेको थियो ।

कार्यालय परिसरमै मदिरा सहितको कार्यक्रम गरेको प्रति नगरबासिले निकै आलोचना गरेका छन् । स्थानीय प्रशासनले यस्ता कार्यक्रम गैरकानुनी भएको प्रतिक्रिया दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सरकारी रकमबाट मदिरा सेवन सहितको पार्टी आयोजना गर्नु गैरकानुनी भएको बताए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ५८ बजे

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे

सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने

अलाबामा- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले २०२६ विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण

प्रकृति र संस्कृतिको सङ्गम लमजुङको लामागाउँ

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै