मौसमः चट्याङसहित मध्यम वर्षाको सम्भावना, चुरे क्षेत्रका नदीमा आकस्मिक बहाब बढ्ने « Khabarhub

मौसमः चट्याङसहित मध्यम वर्षाको सम्भावना, चुरे क्षेत्रका नदीमा आकस्मिक बहाब बढ्ने


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानूमान महाशाखाले आज मुलुकका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मुलुकका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र चुरेबाट बहने नदीमा पानीको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरुलाई सतर्क रहन अनुरोध गरेको छ ।

यसका साथै सडक यातायातमा पहिरो, भू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ । आगामी तीन दिनसम्मको मौसमको पूर्वानुमान यस्तो छ

साउन २६ गते

दिउँसोः देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू(भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २७ गते (सोमबार)

दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पहाडी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

श्रावण २८ गते (मंगलबार)

दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पूर्व र मध्य पहाडि भू(भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातिः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ०० बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको