‘साहो’ का लागि २ वर्ष छुट्याउन चाहँदैनथे प्रभास, कारण यस्तो « Khabarhub

‘साहो’ का लागि २ वर्ष छुट्याउन चाहँदैनथे प्रभास, कारण यस्तो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय सुपरस्टार प्रभासको एक्सन थ्रीलर फिल्म ‘साहो’ को ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरमा हलिउड स्तरको जबरजस्त एक्सन देख्न सकिन्छ । फिल्ममा प्रभासले एक अन्डरकभर एजेन्टको भूमिका निभाएका छन् ।

सन् २०१७ पछि प्रभासका कुनै फिल्म रिलिज भएका छैनन् । उनको रिलिज भएको भएको पछिल्लो फिल्म ‘बाहुबली २’ थियो । प्रभास दुई वर्षपछि धमाकेदार फिल्म लिएर आएका छन् ।

प्रभासले ट्रेलर लन्च कार्यक्रममा यो कुराको खुलासा गरे कि, उनले खासमा फिल्मका लागि यति लामो समय दिन चाहँदैनथे ।

‘म यो फिल्मका लागि दुई वर्ष दिन चाहन्नथेँ, किनकि यस पहिले मैले ‘बाहुबली’का लागि ४ वर्ष दिएको थिएँ तर एक्सन सिक्वेन्सका लागि एकदमै धेरै तयारी गर्न जरुरी थियो’, प्रभासले भने ।

यो फिल्ममा कैयन् एक्सन दृश्य छन् । यस्तै आबुधाबीको दृश्य पनि छ । जसकारण फिल्मको छायांकन लम्बिएको प्रभासले भने । ‘एक्सन दृश्यका लागि धेरै नै तयारी गर्नुपर्ने थियो, हामीले केही दृश्यका लागि मात्रै १ वर्ष काम गरेका छौँ, फिल्मका लागि पनि पर्याप्त तयारी र रिहर्सल जुरुरी थियो,’ प्रभासले भने ।

यो फिल्म रिलिज हुने तयारीमा रहँदा प्रभासले अर्को फिल्मको शूटिङ थालेका छन् । उक्त फिल्मलाई केके राधाकृष्णाले निर्देशन गर्दैछन् । प्रभासले भने, ‘मैले नयाँ फिल्मको छायांकन थालेको २० दिन भइसकेको छ, म चाहन्छु कि, यो फिल्मपछि म वर्षमा २ वटा फिल्म गर्न सकुँ ।’

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : ४१ बजे

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी