संसद बैठकमा विरुवा विधेयकमाथि छलफल– कृषि अनुसन्धान परिषद् भ्रष्टाचार गर्ने थलो मात्रै बन्यो « Khabarhub

संसद बैठकमा विरुवा विधेयकमाथि छलफल– कृषि अनुसन्धान परिषद् भ्रष्टाचार गर्ने थलो मात्रै बन्यो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले विरुवा मात्रै नभइ जंगल क्षेत्र संरक्षणलाई पनि प्राथमिकतामा राखेर ऐन बनाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले वन तथा जंगल क्षेत्रको विनास गर्दे विरुवा संरक्षणको विषयलाई मात्रै अघि बढाएर वन संरक्षण गर्न नसकिने भन्दै विरुवा संरक्षण र वन तथा जंगल संरक्षणको अभियान संगसंगै चलाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

सांसद प्रमोद शाहले निजगढ विमानस्थल निर्माणका क्रममा खाली स्थान नहेरी जंगल क्षेत्रको हजारौं रुख हटाउन लागिपरेको भन्दै जंगल मास्ने काम गर्न नपाउने गरि कानूनमा नै व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

विकास निर्माणको नाममा जंगल तथा वन क्षेत्र कटानी गर्ने गरिएको भन्दै उनले जंगल मास्ने काम नरोकेसम्म विरुवा संरक्षणलाई मात्रै प्राथमिकतामा राखेर वन संरक्षण गर्न नसकिने बताए ।

सांसद अमरेश कुमार सिंहले विरुवा लगाउन पनि बजेट निकासा गर्ने र जंगल मास्नका लागि पनि बजेट निकासा गर्ने शैलीको अन्त्य गरिनुपर्ने बताए । गणतन्त्र आएपछि पनि जंगल फडानी गर्ने काम अत्यधिक भएको भन्दै सांसद सिंहले वन तथा वातावरण मन्त्रालय समेतको सहभागीतामा विधेयक ल्याउन सुझाव दिए ।

सांसद गजेन्द्र बहादुर महतले कृषि अनुसन्धान परिषद् भ्रष्टाचारको थलो मात्रै बनेको आरोप लगाए । कृषि अनुसन्धान परिषद्मा नयाँ जातका विरुवा नपाईने भएकाले बाहिरबाट ल्याउनु परेको भन्दै सांसद महतले परिषद्को काम भ्रष्टाचार गर्नेमा मात्रै सीमित भएको आरोप लगाए ।

सांसद प्रेम सुवालले विकासको नाममा जंगल विनास गर्ने काम भईरहेको भन्दै फाष्ट ट्रयाक निर्माण गर्दा उल्लेख्य संख्यामा रुख कटान गर्नुपर्ने भएकाले त्यसको विकल्पबारे बारे सोच्नुपर्नेमा जोड दिए ।

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले प्रतिनिधिसभाको आइतबारको वैठकमा विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५ विचार गरियोस् भनी प्रस्ताव गरेका थिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दे उनले विरुवा संरक्षण तथा आयात लगायत विषयमा विधेयमामा स्पष्ट व्यवस्था गरिएको स्पष्ट पारे ।

कृषि अनुसन्धान परिष्दले निकै राम्रा विषयहरुमाथि अनुसन्धान भईरहेको उल्लेख गर्दे मन्त्री खनालले भ्रष्टाचारको अखडा मात्रै भएको भन्ने भनाइमा सत्यता नभएको दाबी गरे ।

सैद्धान्तिक छलफल पछि मन्त्री खनालले पेस गरेको विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : ३६ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।