एन्फाले ल्यायो नयाँ नियम, खेलाडीको अभ्यास हेर्न नपाइने « Khabarhub

एन्फाले ल्यायो नयाँ नियम, खेलाडीको अभ्यास हेर्न नपाइने


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक नियम सार्वजनिक गर्यो । जसको चौतर्फि आलोचनासमेत भइरहेको छ । नियम थियो, राष्ट्रिय टोली पुरुष, महिला तथा उमेर समूहको अभ्यास चलिरहँदा मिडियाले अभ्यास स्थल लगायत क्षेत्रमा प्रवेश गर्न नपाउने । उक्त सूचनामा भनिएको छ मिडियाले अभ्यास सकिएको १५ मिनेट अगाडि र १५ मिनेट पछिमात्रै अभ्यास स्थलमा प्रवेश पाउने उल्लेख छ ।

यो नियम आइतबार बाटै लागु हुने एन्फाले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि राष्ट्रिय टोली र उमेर समूहको अभ्यासमा मिडियाहरुले अभ्यास स्थलसम्म सिधै प्रवेश पाउने गरेका थिए । त्यसले अभ्यासको तस्वीर लिनेदेखि विभिन्न भिडियो क्लिपसहित खेलमा भइरहेको प्रगतिको रिपोर्टिङ गर्न सहज थियो । तर, एन्फाले नयाँ नियम सार्वजनिक गरेसँगै अभ्यासरत खेलाडी बाहेक सबैलाई मैदान प्रवेशमा प्रतिबन्ध लाग्नेछ ।

खेलको अभ्यासमा भइरहेको प्रगतिका विषयमा जानकारी दिन किन एन्फा डराउँदैछ भन्ने प्रश्नसहित चौतर्फी रुपमा एन्फाले सार्वजनिक गरेको नियमको विरोध भइरहँदा एन्फाका प्रवक्ता किरण राईले राष्ट्रिय टोलीको अभ्यासलाई सुरक्षित र व्यवस्थित बनाउन यो नियम जारी गरेको बताउँछन् ।

यस्तो छ एन्फाले सार्वजनिक गरेको सूचना

‘हामीले अभ्यासका क्रममा मैदानमा प्रवेशमा रोक लगाएका छौं। नियमत अभ्यास खुल्ला रुपमा देखाउन पनि हुँदैन । टोलीको नयाँ रणनीतिक र तयारी पनि विपक्षी टिमलाई देखाउन मिल्दैन,’ प्रवक्ता राईले भने,‘जे विषयमा जानकारी लिनुपर्ने हो त्यसका लागि अभ्यासभन्दा १५ मिनेट अघि र अभ्यास सकिएको १५ मिनेटपछि आउनुपर्छ ।’

प्रवक्दा राईले एन्फा प्रवेशमा कडाइ गर्न नियम बनाएको भन्दै प्रवक्ता राईले रिपोर्टिङका लागि पनि सञ्चारमाध्यमले एन्फाको अनुमति लिनुपर्ने बताए । उनले भने, ‘एन्फाको गेट सधै खुला रहने हुँदा खेलाडीको सुरक्षालाई समेत ध्यान दिने योजनासहित यस्तो नियम बनाएका हौं । अभ्यासकै फोटोहरु चाहिए एन्फा मिडिया अथवा मलाई भन्नु होला हामी सहयोग गछौं।’

प्रवक्ता राईले एन्फा मिडियासँग नडराएको भन्दै नेपालको खेलको विकासका लागि व्यवस्थापनलाई मजबुद बनाउन गरिएको प्रयासलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । आवश्यकता अनुसार मिडियासँग पनि एन्फाले छलफल गर्ने योजना बनाएको उनले सुनाए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ४ : ४० बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री