किशोरीलाई बेचबिखन गर्न लैजान लागेको अवस्थामा २ जना पक्राउ « Khabarhub

किशोरीलाई बेचबिखन गर्न लैजान लागेको अवस्थामा २ जना पक्राउ


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किशोरीहरुलाई बेचबिखन गर्ने उद्देश्यका साथ नेपाल–भारत नाका झापाको मेचीनगर लैजान लागेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भइ काठमाडौंको चन्द्रागिरी बस्ने ३१ वर्षीय भुवन तामाङ र काभ्रेको खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आइते बहादुर लोप्चन छन् ।

उनीहरुले केही किशोरीहरुलाई झापाको बिर्तामोड क्षेत्रमा रङ लगाउने काममा लगाइदिने भन्दै काठमाडौंबाट झापातर्फ लैजान लागेका थिए ।

उनीहरुले ती किशोरीलाई कसैले सोधपुछ गरेमा आफ्नो वास्तविक नाम नबताउन र भाउजु बिरामी भएका कारण विर्तामोड जान लागेको भनेर भन्न लगाएका थिए ।

किशोरीलाई बेचबिखन गर्न लागेको शंकाका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

ना ७ ख ५७०२ नम्बरको बसमार्फत झापाको मेचीनगर पु¥याइन लागिएकी किशोरीहरुको पनि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : ४९ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी