बीमा अभिकर्ता खारेजको बिरोधमा आन्दोलन « Khabarhub

बीमा अभिकर्ता खारेजको बिरोधमा आन्दोलन


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिमा बीमा अभिकर्ता खारेजको बिरोध गर्दै बीमा अभिकर्ताहरुले आन्दोलन गर्ने भएका छन् ।

देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत हटाएको बैंकास्योरेन्स फिर्ता गरेर आन्दोलन गर्ने भएका छन् ।

बैंकले मौद्रिक नीतिमा अभिकर्ता खारेज सम्बन्धी व्यवस्थालाई सच्याउनु पर्ने माग गरेको संगठनका अध्यक्ष नन्द प्रसाद तिवारीले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले अघि सारेको कदमले आफूहरुको अधिकार खोसेकाले आन्दोलनमा उत्रिन बाध्य हुने अवस्था आएको उनको भनाइ छ ।

राष्ट्र बैंकले विकृति रोक्न ऋणीलाई तथा सामूहिक ऋण लगानी गर्दा मात्रै बैंकमार्फत इन्स्योरेन्स गर्न पाइने व्यवस्था गरेपछि बैंकर्स संघ र विकास संघसमेत उक्त व्यवस्था फिर्ता गर्न माग गर्दै आन्दोलनमा छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : १९ बजे

उत्तरी गोरखामा समय अगावै सकियो मतदान

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ ।

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान 

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् ।