मुख्यमन्त्री शाहले गरे मतदान « Khabarhub

मुख्यमन्त्री शाहले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीचुहा नगरपालिका—१ स्थित कालिका मावि मतदान केन्द्र ‘क’मा मतदान गरेका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उनले आज केहीबेर अघि मतदान गरेको उनको सचिवालयले जनाएको छ । 

यसैगरी पूर्वमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले कैलाली क्षेत्र नं ४अन्तर्गत गोदावरी नगरपालिका-१ स्थित घण्टेश्वर मावि मतदान केन्द्रमा मतदान गरेका छन् । 

यहाँ मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका निर्वाचन कार्यालयले जनाएको छ । 

यहाँ कैलाली निर्वाचन क्षेत्र नं ५ अन्तर्गत धनगढी उपमहानगरपालिका-८ का १०१ वर्षीय ज्येष्ठ नागरिक रघुनाथ जोशीले धनगढी मावि मतदान केन्द ‘घ’ मा मतदान गरेका छन् । 

यसैगरी भीमदत्त नगरपालिका-१० निवासी १०६ वर्षीय ज्येष्ठ नागरिक गङ्गादत्त भट्टले कञ्चनपुर क्षेत्र- ३ अन्तर्गतको सिद्धनाथ मावि जिमुवा मतदान केन्द्र ‘ख’ मा मतदान गरेका छन् ।
 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ४ : ४५ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका