बुटवल उपमहानगरले नै बनाउन थाल्यो बसपार्कमा सपिङ मल « Khabarhub

बुटवल उपमहानगरले नै बनाउन थाल्यो बसपार्कमा सपिङ मल


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलको नयाँ बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवन निर्माण कार्य थालिएको छ ।

बुटवल उप–महानगरपालिकाले निर्माण गर्न लागेको पार्किङ सहितको सुविधायुक्त तीन तला भवनको बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले आइतवार शिलान्यास गरेका हुन् ।

भवन सिलान्यास गर्दै नगर प्रमुख सुवेदीले व्यवसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले भवन निर्माण गर्न जिम्मा लिएको निर्माण कम्पनीलाई गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्ने गरी काम गर्न आग्रह गरे ।

उक्त भवन निर्माण कार्यका लागि उप–महानगरपालिका र कोष बीच गत फागुनमा सम्झौता भएको हो । भवन निर्माणका लागि करिव १० करोड ८४ लाख खर्च हुने अनुमान गरिएको छ । वि.सं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनी सँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले वताए ।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा अत्याधुनिक मापदण्ड बमोजिमका व्यवसायिक सटर निर्माण गरिने भएको, भुइँतलामा १४ वटा सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर निर्माण गरिने बुटवल उप–महानगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ६ : ३६ बजे

उत्तरी गोरखामा समय अगावै सकियो मतदान

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ ।

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान 

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् ।