बाली तथा पशुपक्षी बीमामा कृषकको आकर्षण बढ्दो « Khabarhub

बाली तथा पशुपक्षी बीमामा कृषकको आकर्षण बढ्दो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाली तथा पशुपक्षी बीमा बढ्दै गएको बीमा समितिले जनाएको छ । बाली तथा पशुपक्षी बीमा गराउनेको संख्या उल्लेख्य भएको समितिले जनाएको हो । सरकारले विशेष जोड दिएको यो बीमामा सरकारले किसानले तिर्नु बीमा प्रिमियम बापतको ७५ प्रतिशत रकम सरकारले तिर्ने भएपछि कृषकहरुको यसतर्फ आकर्षण बढेको हो ।

सरकारले कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफ्नो व्यवसायलाई विस्तार गर्न, लगानीको सुरक्षित र जोखिम कम गर्नेको लागि निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा अन्र्तगत पशु बीमा योजनाहरू संचालनमा ल्याएसंगै पछिल्लो समयमा प्रभावकारी बन्दै गएको हो । पशु धनीहरुले आफ्नो पशुहरुमा हुन सक्ने जोखिमबाट सुरक्षित रहन गरिने बीमा नै पशु बीमा हो ।

पशुपक्षी बीमातर्फ करिब १५ अर्ब ५३ करोड ५५ लाखभन्दा धेरै बीमांक रकम संकलन भएको समितिले जानकारी दिएको छ । समितिको तथ्याङकअनुसार साउनदेखि बैशाख मसान्तसम्म कृषि बीमा अन्तर्गत बालीमार्फत ७५ करोड २२ लाख ९ हजार रुपैयाँ बराबरको बीमांक संकलन भएको छ ।

सोही अवधिमा कूल ३ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको छ । बीमा समितिको तथ्याङ्कअनुसार २ करोड ६८ लाख ४० हजार ५५ सय ६ रुपैयाँ अनुदान दिइएको छ ।

बाली बीमा अन्तर्गत साउनदेखि बैशाख मसान्तसम्मको कुल १५ अर्ब ५३ करोड ५५ लाख ४९ हजार रुपैयाँ बराबरको बीमांक रकम संकलन भएको छ ।

सोही अवधिमा कुल ६९ करोड ४३ लाख ३१ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको बीमा समितिको तथ्यांकमा उल्लेख छ, भने ५२ करोड ७ लाख ३१ हजार ७५ सय ७ रुपैयाँ अनुदान दिइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ६ : ४८ बजे

बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

बारा – बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण

हुम्लामा ६४.९५ प्रतिशत मतदान

हुम्ला – हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५

मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान

संविधान जोगाउन भूमिका खेलेका राष्ट्रपतिले निर्वाचनपछि सन्तोषको श्वास फेरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको