बाली तथा पशुपक्षी बीमामा कृषकको आकर्षण बढ्दो | Khabarhub Khabarhub

बाली तथा पशुपक्षी बीमामा कृषकको आकर्षण बढ्दो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाली तथा पशुपक्षी बीमा बढ्दै गएको बीमा समितिले जनाएको छ । बाली तथा पशुपक्षी बीमा गराउनेको संख्या उल्लेख्य भएको समितिले जनाएको हो । सरकारले विशेष जोड दिएको यो बीमामा सरकारले किसानले तिर्नु बीमा प्रिमियम बापतको ७५ प्रतिशत रकम सरकारले तिर्ने भएपछि कृषकहरुको यसतर्फ आकर्षण बढेको हो ।

सरकारले कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफ्नो व्यवसायलाई विस्तार गर्न, लगानीको सुरक्षित र जोखिम कम गर्नेको लागि निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा अन्र्तगत पशु बीमा योजनाहरू संचालनमा ल्याएसंगै पछिल्लो समयमा प्रभावकारी बन्दै गएको हो । पशु धनीहरुले आफ्नो पशुहरुमा हुन सक्ने जोखिमबाट सुरक्षित रहन गरिने बीमा नै पशु बीमा हो ।

पशुपक्षी बीमातर्फ करिब १५ अर्ब ५३ करोड ५५ लाखभन्दा धेरै बीमांक रकम संकलन भएको समितिले जानकारी दिएको छ । समितिको तथ्याङकअनुसार साउनदेखि बैशाख मसान्तसम्म कृषि बीमा अन्तर्गत बालीमार्फत ७५ करोड २२ लाख ९ हजार रुपैयाँ बराबरको बीमांक संकलन भएको छ ।

सोही अवधिमा कूल ३ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको छ । बीमा समितिको तथ्याङ्कअनुसार २ करोड ६८ लाख ४० हजार ५५ सय ६ रुपैयाँ अनुदान दिइएको छ ।

बाली बीमा अन्तर्गत साउनदेखि बैशाख मसान्तसम्मको कुल १५ अर्ब ५३ करोड ५५ लाख ४९ हजार रुपैयाँ बराबरको बीमांक रकम संकलन भएको छ ।

सोही अवधिमा कुल ६९ करोड ४३ लाख ३१ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको बीमा समितिको तथ्यांकमा उल्लेख छ, भने ५२ करोड ७ लाख ३१ हजार ७५ सय ७ रुपैयाँ अनुदान दिइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ६ : ४८ बजे

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन

प्राग- मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

ढोरपाटन– अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम

अनुदान माग्दै दोस्रो दिनपनि सडकमा उखु किसान (तस्बिरहरू)

काठमाडौं– गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु