पौडेल समूह पछि हटेपछि कांग्रेसमा जुट्यो सहमति « Khabarhub

पौडेल समूह पछि हटेपछि कांग्रेसमा जुट्यो सहमति


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस केन्द्रीय समिति बैठकले विधानअनुसारको पार्टीको तल्ला तहको संरचना सहमतिमै बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसको जारी केन्द्रीय समिति बैठकले आगामी भदौ २० गतेभित्र प्रदेशतहसम्मका सबै संरचना गठन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डाक्टर प्रशाशरण हमतले जानकारी दिए ।

उनले भने,‘आइतबार बसेको केन्द्रीय समिति बैठकले निर्देशिकाबारेको छलफल सर्वसम्मति गरेको छ । जसअनुसार साविकका वार्ड, गाउँ नगर, क्षेत्रीय समिति लगायतका संरचना थिए । साविकका निर्वाचित पदाधिकारीहरुलाई मिलाएर संघीय संरचनाअनुसारको पार्टी कमिटि गठन गर्ने निर्णय भएको छ ।’

उनले भदौ २० गतेअघि प्रदेश तहसम्मको सबै संरचना निर्माणका लागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत भएको जानकारी दिए । उनले भने,‘भदौ २० गतेभित्र प्रदेश निर्वाचन क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेश समितिसम्मको संरचना निर्माण गर्ने सहमति भएको छ । वार्ड, गाउँपालिका, नगरपालिकासम्मको संरचना कार्तिकभित्र टुङ्गो लगाउने सहमति भएको छ ।’

कांग्रेसको विधानअनुसारको पार्टीको संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा कांग्रेसभित्र लामो समय विवादको रुपमा रहेको थियो । तर आइतबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको तल्ला तहको संरचना निर्माण गर्दा अहिले कायम रहेका तल्ला कमिटि समेतलाई समायोजन गर्ने गरी अन्तरिम व्यवस्थाअनुसार बनाउने सहमति भएको हो ।

सहमतिमा नभई चुनावको माध्यमबाट पार्टीको संरचना निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु बहश चलाएपनि अन्ततः उनीहरुले एजेण्डा छाडेपछि सहमति भएको हो ।

पार्टीको १४ औँ महाधिवेशन समयमै गर्नका लागि सहमतिमा संरचना निर्माण गर्ने विषयमा सहमत भएको वरिष्ठ नेता पौडेलले बताए ।

उनले भने,‘निर्देशिका सहमतिले पारित भयो । सबै संरचना निर्माण त्यही निर्देशिकाअनुसार गठन हुन्छ । सहमतिमै संरचना निर्माण नगर्दा फेरी अर्कोपटक पनि चुनाव गर्नुपर्ने भएका कारण र समयमै महाधिवेशन गर्नका लागि सहमतिमै संघीय संरचनाअनुसारको पार्टी कमिटि निर्माण गर्ने सहमति भएको छ ।’

जेठ २२ गतेदेखि शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले नियमावली संशोधन गरी पारित गर्ने जिम्मा मस्यौदा समितिलाई नै दिने निर्णय यसअघि नै गरेको छ । विभिन्न १४ वटा विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठकमा अब भ्रातृ संगठनको नेतृत्व चयनका विषयमा छलफल गरिनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ४६ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको