सेन्ट्रल जोनका लागि रानाको कप्तानीमा १४ सदस्यीय भलिबल टोलीको घोषणा « Khabarhub

सेन्ट्रल जोनका लागि रानाको कप्तानीमा १४ सदस्यीय भलिबल टोलीको घोषणा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । आइतबार नेपाल भलिबल संघले १४ सदस्यिय राष्ट्रिय पुरुष भलिबल टोलीको घोषणा गरेको हो ।

घोषित राष्ट्रिय टोलीको कप्तानी नियमित कप्तान इमबहादुर रानाले गर्नेछन् भने उपकप्तान कुल बहादुर थापा रहेका छन् । यस्तै टोलीमा दिपकराज जोशी, धनबहादुर भट्ट, विशाल विक, राजेन्द्र विष्ट, कराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गा बहादुर खड्का, नरेन्द्र गिरी र ईश्वर थापा मगर छन् ।

यस्तै, राजकुमार निरौला, हरिहजुर थापा, विनोद बहादुर चन्द रहेका छन् । प्रतियोगिता आगामी भदौ २ देखि ७ गतेसम्म काठमाडौंको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्ड हलमा आयोजना हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको