पोखरा र कैलालीबीच पर्ययटन क्षेत्रमा सहकार्यको प्रयास « Khabarhub

पोखरा र कैलालीबीच पर्ययटन क्षेत्रमा सहकार्यको प्रयास


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिबीच पर्यटन प्रवर्द्धन, लगानीका सम्भाव्यता विषयमा छलफल भएको छ ।

उद्योगी/व्यवसायीले भोगेका समस्या समाधानका लागि समान धारणा बनाएर अघि बढ्नुपर्ने छलफलमा सहभागीले धारणा राखेका छन् ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा निस्केको प्रतिनिधिमण्डललाई पोखरामा स्वागत गर्दै संघका कार्यवाहक अध्यक्ष विन्दु कोइरालाले उद्योगी÷व्यवसायीबीच साझा कार्यसूची हुनुपर्ने बताए ।

सुवेदीले पर्यटन उद्योगमा अब्बल देखिएको पोखरा र उस्तै सुन्दर सुदूरपश्चिमबीच पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको प्रचार गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको धारणा राखे । कैलाली उद्योग वाणिज्य संघकै पहलमा पश्चिममा एक हजार पर्यटकीय गन्तव्यको पहिचान भएको उल्लेख गर्दै सुदूरपश्चिम घुम्नका लागि उनले निम्तोसमेत दिए ।

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव चिनु गुरुङले उद्योगी/व्यवसायीले भोगेका समस्या साझा भएकाले समाधानमा पनि व्यवसायी एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी सदस्यले ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली अव्यावहारिक भएको र नेपाल उद्योग वाणिज्य संघमा रहेका व्यक्ति नै सरकारको प्रवक्ताजस्तो देखिँदा व्यवसायीका मुद्दा ओझेलमा परेका धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : १० बजे

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको