ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त « Khabarhub

ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्।

उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन्। बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्।

उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए। सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन।

बोल्टनले के भने?

ट्रम्पले ट्विट गरे लगत्तै बोल्टन ट्विटरमै पछिल्लो घटनाबारे मत राखेका थिए। उनले आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ’ भनेको बताएका छन्।

घटना सार्वजनिक भए लगत्तै बोल्टनले प्रत्यक्ष प्रसारणका क्रममा रहेका फक्स न्यूजका एकजना प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको बताएका थिए।

उनले वासिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पनि एसएमएस पठाएका थिए। त्यसमा बोल्टनले उचित समयमा आफ्नो भनाई राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको बताएका थिए।

ह्वाइटहाउसका अनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए।

सुत्रहरुका अनुसार राष्ट्रपतिलाई सल्लाह दिने राष्ट्रिय सुरक्षा परिषद, ह्वाइटहाउस भित्र छुट्टै संस्था बनेको थियो। बोल्टन बैठकहरूमा सहभागी नहुने र आफूले गरेका पहललाई मात्र पच्छ्याउने गरेका थिए।

बोल्टनको आफ्नै कुरा मात्र लागु हुनुपर्छ भन्ने किसिमको अडानले ट्रम्पसहित राष्ट्रपति कार्यालयका धेरैलाई क्रुद्ध बनाएको थियो।

विमति कसरी सुरु भयो?

विदेश नीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए।

ट्रम्पले तेहरानका नेताहरूसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले विरोध जनाएका थिए।

अमेरिकाका पूर्व राष्ट्रिय सल्लाहकारले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने पहल गर्दै आएका थिए।

बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण सम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन्।

उनले तालिबानसँग अमेरिकाले गरेको शान्तिवार्ताको समेत विरोध गरेका थिए जुन हालसालै मात्र ट्रम्पले रद्द गरेका थिए। बीबीसीबाट

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ३६ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।