यूरोकप छनोटः पोर्चुगलको जितमा रोनाल्डोले गरे ४ गोल « Khabarhub

यूरोकप छनोटः पोर्चुगलको जितमा रोनाल्डोले गरे ४ गोल


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूरोकप छनोट खेल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ । लिथुनियाविरुद्धको खेलमा पोर्चुगल ५–१ गोल अन्तरले विजयी भयो ।

पोर्चुगलको जितका लागि क्रिस्टियानो रोनाल्डोले चार गोल गरे । अर्को गोल विलियन कार्भाल्होले गरे ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लुथानियका लागि आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए ।
६१ औ मिनेटमा रोनाल्डोले पुन पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितीमा ल्याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

समूह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ । समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ । अर्को खेलमा लक्जेमवर्गलाई ३–१ ले हराउँदै सर्विया तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ४९ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको