कांग्रेसले बिपीको मर्म बुझ्न सकेन : नेता पौडेल « Khabarhub

कांग्रेसले बिपीको मर्म बुझ्न सकेन : नेता पौडेल


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।

‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’ उनले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।

बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेता पौडेलले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : ०२ बजे

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको