बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध « Khabarhub

बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।

सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो ।
पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ ।

डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिए ।

उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ । यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : ३६ बजे

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको