डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले डेंगुको संक्रमण बढ्दै जाँदा जनमानसमा त्रास फैलिएकाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद विना देवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतीपूर्ण बनेको र संक्रमण फैलिँदै जाँदा जनता पनि आतंकित भएको भन्दै प्रभावकारी रुपमा नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुजाता परियारले डेंगुको संक्रमण बढ्दै गएको भन्दै सदनमा दैनिक कुरा उठिरहँदा पनि सरकार गम्भीर नबनेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

संघीय संसदका दुवै सदनमा शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले दैनिक जसो डेंगु संक्रमण फैलिन नदिन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

त्यसैगरी आ –आफ्नो क्षेत्रगत समस्याका विषयमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद लालकाजी गुरुङ्गले पर्वत जिल्ला सदरमुकाम कुश्मा देखि दक्षिण तर्फको बाटो कालोपत्रे नहुँदा त्यस क्षेत्र र वरपरका वासिन्दाले अन्त्यन्तै जोखिम र सास्ती व्यहोर्नुपरेको भन्दै तत्काल कालोपत्रे गरि विकासको प्रतिफल चाख्ने अवसर मिलाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

सांसद बिमला विश्वकर्मा ले यही भदौ १७ गते रसुवाको टिमुरेमा प्रहरीको सवारी साधनलाई बाटो नछोडेको निहुँमा असई र हवल्दारले सार्वजनिक स्थानमा चालक मजदुर आशिष तामाङ्गलाई निर्मम कुटपीट गरेको घटना प्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले घटनामा संलग्नको नाम सार्वजनिक गरि कारवाही गर्न पनि माग गरे ।

सांसद सत्यनारायण शर्मा खनालले शिक्षा निशुल्क भनिएपनि अंग्रेजी भाषा भन्दै शुल्क लिने गरिएको तथा केही विद्यालयमा अंग्रेजी भाषाको शिक्षण नै हुन नसकेको उल्लेख गर्दे शिक्षाक्षेत्रमा देखिएको भद्रागोल अवस्थाको अन्त्य गर्न माग गरे ।

सांसद सञ्जय कुमार गौतमले २०६६ साल कात्तिक १० गते सम्पन्न नेपाल भारत वाणिज्य सन्धि अन्र्तगत गुलेरिया बुर्तिया नाका पारस्परिक व्यापारका लागि तत्काल संचालन गर्नुपर्ने मञ्जुरी भएपनि सन्धी भएको ९ बर्ष भईसक्दा पनि सो नाका संचालनमा नआएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद हरिराज अधिकारीले गोर्खाका केही गाउँमा बाँदरले आतंक मच्चाएको र फुजेल गाउँमा मात्रै एक बर्षमा ३२ जना घाइते भएको भन्दै बादर संरक्षण केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

बाँदरको आक्रमणबाट स्थानीय घाईते हुनुको साथै खेतमा लगाएको अन्नबाली तथा फलफूलमा पनि क्षति पुगेको भन्दै उनले तत्काल बादर संरक्षण केन्द्र निर्माण गरी बाँदरको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालको दुरुपयोग भएको भन्दै व्यवस्थित गर्न पनि माग गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ४५ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक