यसरी गर्नुहोस् च्याउ खेती | Khabarhub Khabarhub

यसरी गर्नुहोस् च्याउ खेती


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरैका भान्सामा च्याउको तरकारी पाक्ने गर्छ । च्याउ हेर्दा सफा र खानाका लागि स्वादिष्ट पनि हुन्छ । पछिल्लो समय यसको व्यवसाय पनि बढ्दै गएको छ ।

खेती गर्नका लागि धेरै ठाउँ नचाहिने र बेच्नलाई समेत सजिलो भएकाले यसप्रति मानिसहरुको आकर्षण बढ्दै गएको हो । नेपालीहरुको रोजगारीको माध्यम पनि बनेको छ च्याउ खेती ।

यसरी गर्नस् च्याउ खेती :

हिजोआज ग्रामीण क्षेत्रमाभन्दा बढी शहरी क्षेत्रमा च्याउ खेती गर्ने गरेको पाइन्छ । प्रशस्त जग्गा हुनेहरुले गोठ बनाएर व्यवसायिक रुपमा च्याउ खेती गरिरहेका छन्, भने कतिले जग्गा भाडामा लिएर पनि गरिरहेका छन् । गोठ बनाउनका लागि बास अथवा खर, प्लाष्टिक लगायतका सामग्री चाहिन्छ ।

च्याउ खेती गर्नका लागि परालको आवश्यकता पर्छ । च्याउका लागि प्रयोग गरिने पराल नेपालभित्रै र अत्याधिक मात्रामा चीनबाट पनि ल्याइन्छ ।

१. पराल ल्याइसकेपछि त्यसलाई साइज मिलाएर काट्ने ।
२. काटेको पराललाई पानीमा भिजाउने ।
३. सफासँग धुने ।
४. पानीबाट निकाल्ने र ओभाउने ।
५. पराललाई सुक्खा हुन नदिनका लागि ड्रम वा केही भाँडाभित्र हाल्ने ।
६. यदी ड्रममा हालेको खण्डमा ड्रमको मुनिको भाग फुटाउने र त्यहाँबाट आगो बाल्ने । करिब ३ घण्टाम्म पराललाई पकाउने ।
७. ड्रमबाट निकाल्ने र गोठमा लैजाने ।
८. प्लाष्टिकको थैलोमा पराल राख्ने । साथमा च्याउको बीउ पनि हाल्ने ।
९. झुन्डाउन मिल्ने ठाउँ भएमा झुन्डाउने ।
१०. दिनदिनै त्यसको रेखदेख गर्ने ।
११. बीस दिनमा च्याउ उम्रिन्छ ।
१२. त्यसलाई समय–समयमा पानी हाल्ने ।
१३. पच्चीस दिनमा च्याउ टिप्न मिल्ने हुन्छ ।
१४. गर्मी मौसममा यी च्याउहरु २५ दिनमा टिप्न मिल्ने हुन्छन् भने जाडोमा ४५ दिनसम्म लाग्छ ।
१५. एकपटक राखेको बीउ र सोही थैलोबाट ३ पटकसम्म च्याउ उत्पादन हुन्छ ।

यससँगै विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातवरण र उपलब्ध साधनको आधारित भएर फरक—फरक किसिमका च्याउ खेती गर्न सकिन्छ ।

अन्य खेतीमा जस्तै च्याउ खेतीमा पनि कहिलेकाही किरा लाग्ने फक्रिएका च्याउ किराले खाने सम्भावना हुन्छ । यसरी उमारेको च्याउमा सेतो ढुँसी आउने गर्छ । त्यसका लागि चुनाको प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ४४ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम