यसरी गर्नुहोस् च्याउ खेती « Khabarhub

यसरी गर्नुहोस् च्याउ खेती


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरैका भान्सामा च्याउको तरकारी पाक्ने गर्छ । च्याउ हेर्दा सफा र खानाका लागि स्वादिष्ट पनि हुन्छ । पछिल्लो समय यसको व्यवसाय पनि बढ्दै गएको छ ।

खेती गर्नका लागि धेरै ठाउँ नचाहिने र बेच्नलाई समेत सजिलो भएकाले यसप्रति मानिसहरुको आकर्षण बढ्दै गएको हो । नेपालीहरुको रोजगारीको माध्यम पनि बनेको छ च्याउ खेती ।

यसरी गर्नस् च्याउ खेती :

हिजोआज ग्रामीण क्षेत्रमाभन्दा बढी शहरी क्षेत्रमा च्याउ खेती गर्ने गरेको पाइन्छ । प्रशस्त जग्गा हुनेहरुले गोठ बनाएर व्यवसायिक रुपमा च्याउ खेती गरिरहेका छन्, भने कतिले जग्गा भाडामा लिएर पनि गरिरहेका छन् । गोठ बनाउनका लागि बास अथवा खर, प्लाष्टिक लगायतका सामग्री चाहिन्छ ।

च्याउ खेती गर्नका लागि परालको आवश्यकता पर्छ । च्याउका लागि प्रयोग गरिने पराल नेपालभित्रै र अत्याधिक मात्रामा चीनबाट पनि ल्याइन्छ ।

१. पराल ल्याइसकेपछि त्यसलाई साइज मिलाएर काट्ने ।
२. काटेको पराललाई पानीमा भिजाउने ।
३. सफासँग धुने ।
४. पानीबाट निकाल्ने र ओभाउने ।
५. पराललाई सुक्खा हुन नदिनका लागि ड्रम वा केही भाँडाभित्र हाल्ने ।
६. यदी ड्रममा हालेको खण्डमा ड्रमको मुनिको भाग फुटाउने र त्यहाँबाट आगो बाल्ने । करिब ३ घण्टाम्म पराललाई पकाउने ।
७. ड्रमबाट निकाल्ने र गोठमा लैजाने ।
८. प्लाष्टिकको थैलोमा पराल राख्ने । साथमा च्याउको बीउ पनि हाल्ने ।
९. झुन्डाउन मिल्ने ठाउँ भएमा झुन्डाउने ।
१०. दिनदिनै त्यसको रेखदेख गर्ने ।
११. बीस दिनमा च्याउ उम्रिन्छ ।
१२. त्यसलाई समय–समयमा पानी हाल्ने ।
१३. पच्चीस दिनमा च्याउ टिप्न मिल्ने हुन्छ ।
१४. गर्मी मौसममा यी च्याउहरु २५ दिनमा टिप्न मिल्ने हुन्छन् भने जाडोमा ४५ दिनसम्म लाग्छ ।
१५. एकपटक राखेको बीउ र सोही थैलोबाट ३ पटकसम्म च्याउ उत्पादन हुन्छ ।

यससँगै विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातवरण र उपलब्ध साधनको आधारित भएर फरक—फरक किसिमका च्याउ खेती गर्न सकिन्छ ।

अन्य खेतीमा जस्तै च्याउ खेतीमा पनि कहिलेकाही किरा लाग्ने फक्रिएका च्याउ किराले खाने सम्भावना हुन्छ । यसरी उमारेको च्याउमा सेतो ढुँसी आउने गर्छ । त्यसका लागि चुनाको प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ४४ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप