पूर्वराजदूत झाको हत्या आरोप लागेका सानुकान्छा पुर्पक्षका लागि जेल चलान « Khabarhub

पूर्वराजदूत झाको हत्या आरोप लागेका सानुकान्छा पुर्पक्षका लागि जेल चलान


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजदुत केशव झाको हत्या आरोपमा पक्राउ परेका सुरक्षागार्ड सानुकान्छा तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

पूर्वराजदूत हत्या प्रकरणमा दोस्रो पटक पक्राउ परेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौं पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो ।

झाको बबरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा रहस्यमय तरिकाले हत्या गरेको आशंकामा प्रहरीले तामाङलाई पक्राउ गरेको थियो । झाकी पत्नी ज्ञानुले तामाङविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई यही भदौ १ गते पक्राउ गरेको थियो ।

गत वर्ष भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो । झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ ।

मध्यराति घरभित्र सुतिरहेको अवस्थामा झाको हत्या भएपछि लगत्तै अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले झाकै घरमा पाले तथा भान्छे बसेका तामाङसँगै माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो ।

झा हत्या आरोपमा पक्राउ परेका उनीहरु भदौ २९ गते ८–८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए । महाशाखाले तीनैजनाको पोलिग्राफ परीक्षण गरेको थियो जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो ।

पोलिग्राफपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षण (औषधी खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधी) समेत गरेको थियो । त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन ।

फिंगर प्रिन्टमा समेत केही नदेखिएपछि अन्तत सानुकान्छा प्रहरीबाट छुटेका थिए । यद्यपि, प्रहरीले सानुकान्छाको पोलिग्राफ परीक्षणमा शंका गर्नुपर्ने आधारहरु भेटिएको दाबी गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ४६ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका