बाँकेमा चट्याङ लागेर पाँच गाई मरे « Khabarhub

बाँकेमा चट्याङ लागेर पाँच गाई मरे


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभारमा चट्याङबाट पाँच वटा गाईको मृत्यु भएको छ ।

बुधबार वर्षासँगै चट्याङ पर्दा बेलभारको वनकटा गाउँमा रहेका छाडा गाईको मृत्यु भएको जानकी गाउँपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिए ।

उनका गाउँ नजिकै सडकमा बसेका छाडा गाईमध्ये पाँच वटा मृतावस्थामा फेला परेका थिए । चट्याङबाट वडामा अन्य कुनै पनि क्षति पुगेको छैन । मृतक गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ५७ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका