प्रधानसेनापति ट्रफी सम्पन्न « Khabarhub

प्रधानसेनापति ट्रफी सम्पन्न


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा श्री नं. १६ बाहिनी अड्डा प्रथम भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा श्री मध्य पृतना हेड क्वा. दोस्रो हुँदा उपत्यका पृतना हे.क्वा. तेस्रो भयो ।

प्रतियोगिताका विजेता पृतना तथा बाहिनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले नगद तथा ट्रफी प्रदान गरे । प्रतियोगिताअन्तर्गत फुटबलतर्फ जगदल गणले जीत हात पर्दा विष्णुदल गणले उपविजेतामा चित्त बुझायो ।

यस्तै गणतर्फको खेलकुदमा समग्रमा जगदल गण प्रथम भयो भने पुरानो गोरख गण दोस्रो र श्री नं.१ जगदल गण तेस्रो भयो ।

प्रधानसेनापति थापाले वर्षभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरु क्रमशः हङकङमा सञ्चालन भएको नर्थ फेस रेसमा अन्तर्राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक, हङकङमै सञ्चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेष्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्य पदक जित्न सफल भएका एथ्लेटिक्स खेलाडी जमदार पूर्ण तामाङ्ग तथा गणेशमान खुल्ला बक्सिङ्ग प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा रजत पदक जित्न सफल बक्सिङ्गतर्फका महिला खेलाडी अमल्दार पुनम रावललाई ‘अजय बल सम्पन्न ट्रफी’ तथा नगद पुरस्कार समेत प्रदान गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ८ : ३० बजे

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह सात दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन