साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै « Khabarhub

साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज (शुक्रबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो । थिम्पुमा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे शुरु हुनेछ ।

प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।

बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो । आजै हुने अर्को खेलमा भारतले भुटानसँग खेल्नेछ ।

भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ०३ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ