सानमारिनोको पोस्टमा बेल्जियमको ९ गोल | Khabarhub Khabarhub

सानमारिनोको पोस्टमा बेल्जियमको ९ गोल


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूरोकप छनोट खेलमा बेल्जियमले शानदार जित हासिल गरेको छ । सानमारिनोलाई हराउँदै बेल्जियम अर्को वर्ष हुने युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ ।

बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ९–० को विशाल गोल अन्तरमा पराजित गरेको हो । जितसँगै समूह ‘आई’मा रहेको बेल्जियमले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको रुसको १८ अंक छ ।

युरोकप फुटबल छनोटकै अर्को खेलमा रुसले स्कटल्यान्डलाई ४–० ले हराएको छ । यस्तै, समूह ‘सी’को खेलमा नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिएको छ ।

डच टोलीले ५ खेलबाट १२ अंक जोड्दा समान १२ अंक जोडेको जर्मनी दोस्रो स्थानमा झरेको छ । समूह ‘ई’को खेलमा क्रोएसियाले हंगेरीलाई ३–० ले हराउँदा स्लोभाकिया र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यसैगरी, समूह ‘जी’मा अष्ट्रियाले इजरेललाई ३–१ ले पराजित गर्दा पोल्यान्डले लात्भियालाई ३–० ले तथा उत्तरी मेसेडोनियाले स्लोभेनियालाई २–१ ले हराएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : १८ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित