नेपालमा मनसुनी गतिविधि निस्क्रिय हुँदै, आज मौसम सफा रहने « Khabarhub

नेपालमा मनसुनी गतिविधि निस्क्रिय हुँदै, आज मौसम सफा रहने


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट मनसुन क्रमस: बिदा हुने तयारीमा पुगेको छ । मनसुनी गतिविध निस्क्रिय हुँदै गएका कारण आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा ब‌ंगलादेश तथा आसपासमा रहेकाले सामान्य बदली भएपनि अब मौसम सफा रहने मौसमविद प्रतिमा मानन्धरले जानकारी दिइन ।

मौसमविद् मानन्धरले अब २/४ दिनमै नेपालबाट मनसुन बिदा हुने भन्दै योबीचमा कहिँकतै सामान्य पानी परेपनि ठूलो वर्षा हुने सम्भावना भने नरहेको बताइन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

असोज २४ गते (शुक्रबार)

दिउँसो: देशको पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंसिक बदलि रहि पहाडी भेगको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।

राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बांकि भू-भागमा मौसम सामान्यया सफा रहनेछ ।

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २६ गते (आइतबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहि बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रहने र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ४४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको