नेपालमा दृष्टिविहिनको संख्या १ लाख भन्दा धेरै, अन्धोपनाको मुख्य कारण मोतिबिन्दु | Khabarhub Khabarhub

नेपालमा दृष्टिविहिनको संख्या १ लाख भन्दा धेरै, अन्धोपनाको मुख्य कारण मोतिबिन्दु


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व दृष्टि दिवस । उपचार तथा रोकथामले गर्न सकिने अन्धोपनाका समस्या र समाधानबारे सचेतनाका लागि विश्व दृष्टि दिवस नेपाल सहित विश्वभर मनाइँदै छ ।

हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपालमा एक लाख २० हजार मानिस दृष्टिविहिन छन् । यस्तै १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको भने ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका प्रमखू डा प्रकाश बुढाथोकीका अनुसार नेपालीहरुमा देखिएको अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् ।

यस्तै अन्धोपनाको १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालको छ । नेपालमा उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टिको समस्या महिलाहरुमा बढी रहेको पाइएको छ ।

नेपालमा हरेक वर्ष ३० प्रतिशत मानिसको आँखाको जाँच गराउनेपर्ने डा बुढाथोकी बताउँछन् ।

सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका प्रमखू डा प्रकाश बुढाथोकीले बताए ।

नेपालमा आँखाका बिरामीको उपचारका लागि ३ सय जना नेत्र विशेषज्ञ, ८ जना दृष्टि विशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक रहेको शाखाको भनाइ छ ।

न्यूनदृष्टि र अन्धोपनाका मूख्य कारण मोतिविन्दु

नेपालीहरुमा न्यूनदृष्टि हुनुको मुद्यय कारण दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेको चिकित्सकहरु बताउँछन् । यस्तै दृष्टिविहिन हुनुको कारण मोतिविन्दु, जलविन्दु र आँखाको पर्दामा समस्या आदि हुन् ।

नेपालमा ६५ प्रतिशत मोतिविन्दु, १३ प्रतिशत आँखाको पर्दा जन्य रोग र ६ प्रतिशत आँखाको नानीमा हुने अन्धोपना, ५ प्रतिशत जलविन्दु ४ दृष्टिदोष र अन्य ७ प्रतिशन विभिन्न कारणले दृष्टिविहिन भएका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । उपचार सम्भव भएका अन्धोपनाका समस्यालाई कम गराउन नेपाल सरकारले पनि विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको सहकार्यमा अन्धोपन निवारणका कार्यक्रमहरु गर्दै आएको छ ।

अन्धोपना न्युनिकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गतवर्ष मात्रै आँखा स्वास्थ्य शाखा स्थापना गरि कार्यक्रमहरु शुरु गरेको महाशाखाका प्रमखू डा प्रकाश बुढाथोकीले बताए ।

उक्त शाखाले प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन आँखा स्वास्थ्य निति तथा रणनीति बनाइरहेको डा बुढाथोकीको भनाइ छ ।

नेपालको अन्धोपन निवारणको अवस्था यस्तो छ

नेपालमा सन् १९८१ मा पहिलोपटक अन्धोपनको सर्वेक्षण भएको थियो । उक्त सर्बेक्षणले नेपालमा कुल ०.८४ प्रतिशत जनता दृष्टिबिहिन रहेको जनाएको छ । उक्त सर्वेक्षणका अनुसार नेपालमा अन्दोपनाको कारण मोतीविन्दु, ट्रकोमा, भिटामिन ‘ए’ को कमी, जलबिन्दु, दृष्टिपर्दाका रोगहरु रहेको पाइएको छ ।

सरकारले सन् २०१० मा गरेको नयाँ सबेवक्षणले नेपालमा अन्धोपनको स्थिति सन् १९८१ मा रहेको ०.८४ बाट घटेर ०.३५ मा झरेको जनाएको छ । सरकारले अन्दोपनाको विषयमा यसवर्ष पनि सर्वेक्षण गरीरहेको डा बुढाथोकीको भनाइ छ ।

विश्वको दृष्टिविहिनको संख्या

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३ करोड ६० लाख मानिस दृष्टिविहिन छन् । यस्तै २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ ।

जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ । २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १ अर्व मानिस नजिकको दृष्टि क्षमता कमजोर छ ।

यस्तै १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोषको समस्या रहेको छ । यस्तै दृष्टिदोषका समस्या भएका बिरामीमध्ये ६५ प्रतिशत मानिसहरु ५० वर्षभन्दा माथिका उमेरका छन् । विश्वमा अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ५१ बजे

वर्तमान सरकार मुलुकको अर्थतन्त्र विकासमा केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा

दशैँले बढायो बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं – दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । चाडबाडमा

एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको

मधेस प्रदेशमा बनेको गल्फ मैदानको उद्‌घाटन

 महोत्तरी– मधेस प्रदेशमा गल्फ मैदान तयार भएको छ । मैदान

सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

एजेन्सी– रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको