चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार « Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताए ।

उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त भएको छ भन्दै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ यो सरकारमा निर्भर रहने धारणा राखे ।

उनले काठमाडौँबाट केरुङसम्म चल्ने रेलबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिने तर्क गर्दै संसारका दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिए ।

तीब्र गतिमा विकसित भइरहेका यी देशहरुबाट नेपालले शिक्षा लिनुपर्ने तर्क गर्दै उपसभापति गच्छदारले नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अरू कुनै प्रणाली स्वीकार नगर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : ०४ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई