क्यान नेतृत्वलाई पारसको सन्देश– मिलेर अगाडि बढ्नुपर्छ « Khabarhub

क्यान नेतृत्वलाई पारसको सन्देश– मिलेर अगाडि बढ्नुपर्छ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

शुक्रबार सिंगापुर र ओमानमा सम्पन्न टी–२० शृङ्खला खेलेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै कप्तान खड्काले नेपाली क्रिकेटको विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका हुन् ।

नेपाली क्रिकेट टोली सिंगापरमा हुँदा असोज १० र ११ गते सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को विषेश साधारण सभाबाट अध्यक्षमा चतुर बहादुर चन्दको टिम निर्वाचित भएको थियो । कप्तान खड्काले नयाँ आएको नेतृत्वसामू चुनौति रहे पनि मिलेर अगाडि बढे सहज हुने बताए ।

‘नेपाली क्रिकेटको विकास गर्नु पर्छ भन्ने सोचले उहाँहरु आउनु भएको छ । अहिले स्रोत साधनहरु छ । स्रोत साधनको कमी छैन्,’ कप्तान खड्काले भने, ‘राम्रो सोच बनाएर आउने हो भने मलाई लाग्छ धेरै कुरा गर्न सकिन्छ ।’

कप्तान खड्काले क्यान नेतृत्वसामू चुनौति रहेको समेत बताएका छन् ।

‘चुनौति सबैलाई छ । ‘अन फिल्ड’ जति चुनौति छ ‘अफ फिल्ड’ पनि त्यति नै । तर, सबैजना मिलेर राम्रो सोच लिएर अगाडि बढ्ने हो र क्रिकेटलाई पहिलो प्राथमिकता बनाउने हो भने राम्रो गिर्न सकिन्छ । त्यसका लागि सबै जना एक ढिक्का हुनु पर्छ,’ पारसले भने ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ४ : ४१ बजे

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज प्रजातन्त्र दिवसको सार्वजनिक बिदा

काठमाडौं – आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास

निर्वाचन १४ दिन बाँकीः अस्थायी मतदाता नामावली कार्यविधि जारी

काठमाडौं – जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभाको निर्वाचन आउन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर