चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारको उपलब्धि – प्रचण्ड | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारको उपलब्धि – प्रचण्ड


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई सरकारको उपलब्धिको रुपमा अर्थ्याएका छन् ।

लामो समयपछि चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण वर्तमान सरकारको उपलब्धि भएको प्रचण्डको भनाइ छ ।

शुक्रबार चितवनको माडीमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्ने पनि बताए । ‘चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ । बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्भर्दमा चीनसँग सम्झौता हुँदैछ,’ प्रचण्डले भने ।

चितवनको माडीमा कम्युनिस्ट नेता दिवाकर भुषालको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले माडीलाई ‘मणि’ बनाउने प्रतिवद्धता दोहो¥याए ।

अध्यक्ष प्रचण्ड पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलको साथमा शुक्रबार माडी पुगेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ४ : ५५ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी