चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारको उपलब्धि – प्रचण्ड « Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारको उपलब्धि – प्रचण्ड


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई सरकारको उपलब्धिको रुपमा अर्थ्याएका छन् ।

लामो समयपछि चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण वर्तमान सरकारको उपलब्धि भएको प्रचण्डको भनाइ छ ।

शुक्रबार चितवनको माडीमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्ने पनि बताए । ‘चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ । बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्भर्दमा चीनसँग सम्झौता हुँदैछ,’ प्रचण्डले भने ।

चितवनको माडीमा कम्युनिस्ट नेता दिवाकर भुषालको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले माडीलाई ‘मणि’ बनाउने प्रतिवद्धता दोहो¥याए ।

अध्यक्ष प्रचण्ड पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलको साथमा शुक्रबार माडी पुगेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ४ : ५५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन