संघीय सरकारको जनमुखी कार्यक्रममा प्रदेश २ सरकार बाधक बन्यो – नेता साह « Khabarhub

संघीय सरकारको जनमुखी कार्यक्रममा प्रदेश २ सरकार बाधक बन्यो – नेता साह


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रदेश नम्बर २ को सरकार संघीय सरकारको जनमुखी कार्यक्रमको बाधक बनिरहेको आरोप लगाएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको फतुवा विजयपुर नगरपालिका-२, सितलपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले प्रदेश नम्बर २ लाई समृद्धिको बाटोमा डोर्याउन संघीय सरकारले अगाडि बढाइरहेको जनमुखी काममा सघाउनको साटो त्यसमा अवरोध पुर्याउने काम प्रदेश सरकारले गरिरहेको बताए ।

उनले भने, “संघीय सरकारले प्रदेश नम्बर २ लाई केन्द्रमा राखेर सडक, उद्योग, कृषि,आवासलगायतको पूर्वाधार निर्माणका लागि अर्बौं रकमको कार्यक्रम अगाडि बढाएको छ । चाहे विमानस्थल निर्माण कार्य होस या विशेष आर्थिक क्षेत्र प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको कुनै न कुनै बहाना बाधक बन्न पुगिरहेको हामीले दिनहुँ देखिरहेका छौँ । प्रदेश सरकारको गलत रवैयाको कारण आज संघीय सरकार प्रदेश नम्बर २ स्तरमा काम अगाडि बढाउन सकिरहेको छैन ।”

प्रदेश सरकारले संघीय सरकारलाई असहयोग गर्नुको साथसाथै राज्यकोषको दोहन र प्रदेशको अपमान गरिरहेको जिकिर गरे । अध्यक्ष साहले भने, “प्रदेशमा हेर्नुभयो भने मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीलगायतले हैसियत अनुसार राज्यकोषको भागबन्डा गरिरहेका छन् । मानौ जस्तो त्यो उनीहरुको पैत्रिक सम्पत्ति होस् । राज्यको सम्पत्तिलाई निजी बनाउने जुन काम भइरहेको छ यो राज्यलाई लुट्ने र जनतालाई नाखुस बनाउने काम मात्र हो।”

अध्यक्ष साहले थपे, “हिजो अपमानित थियौं र सम्मानका लागि लड्यौँ । तर प्रदेश २ सरकारले झन बदनाम गर्न तत्पर देखिन्छ । निर्वाचित जनप्रतिनिधिहरु जनताको भावनालाई बुझेर यो धर्तीको बिकास गर्न र यसको सम्मान बढाउन लाग्नुपर्दछ । यदि यो धर्तीको इज्जत बढाउन सक्दैन भने बेइज्जत गर्ने छुट पनि छैन ।”

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ५ : १३ बजे

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा

राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र