ग्रहका सेनापति मंगलको २४ गते कार्तिकबाट राशि परिवर्तन भएको छ । मंगलले ३ बजेर ४ मिनेटमा राशि परिवर्तन गरेको हो ।
अब मंसिर ०९ गतेसम्म तुला राशिमा मंगल विराजमान हुनेछ । यस अघि असोज ०८ गतेसम्म कन्या राशिमा रहेको मंगल अबको १५ दिन तुला राशिमा रहने छ ।
यस अवधिमा कुन राशिमा मंगलको कस्तो प्रभाव पर्छ त ? हेर्नुस् राशि अनुसारको जानकारी ।
मेष राशि
मेष राशि भएका ब्यक्तिलाई यस अवधिमा स्थायी सम्पत्ति खरीद गर्नाले अधिक लाभ मिल्नेछ । प्रतिद्वन्द्वी बढे पनि मित्रजनको सहयोगले अप्ठ्यारा काम समेत बन्ने योग छ । जागिरमा फाइदा हुनेछ, व्यवसाय औसत रहनेछ । आयमा वृद्धि हुने र चोटपटक तथा रोगको भय रहने छ ।
वृष राशि
वृष राशिका ब्यक्तिलाई यस अवधिमा मनमा चञ्चलता बढ्ने भएकाले आफूले आफैँलाई काबुमा राख्ने प्रयास गर्नुपर्नेछ । कानूनी अड्चन हटेर जाने योग छ । हतारमा कुनै काम नगर्नुहोला, धनहानी हुनसक्छ । व्यवसाय तथा जागिर सुखमय रहनेछ ।
मिथुन राशि
मिथुन राशिका ब्यक्तिलाई यस अवधिमा अशान्ति भोग्नुपर्ने हुन्छ । काममा अवरोध आउने तथा आयमा कमी हुनेछ । जागिरमा कार्यभार बढ्ने र बिना कारण अरुको अपजस सुन्नुपर्ने हुनेछ । साथीभाइ बीचमा बहस तथा झगडा समेत हुनसक्ने भएकाले आफूलाई संयमित राख्नुहोला ।
कर्कट राशि
कर्कट राशिका ब्यक्तिलाई यस अवधिमा पार्टी वा पिकनिकमा जाने अवसर मिल्नेछ । मित्रजनको सहयोगबाट थालेको काममा राम्रो सफलता हात लाग्नेछ । स्वादिष्ट भोजन प्राप्त हुने, बौद्धिक कार्य सफल हुने तथा आनन्दमयी समय रहने छ । हतारमा निर्णय नलिनुहोला ।
सिंह राशि
सिंह राशिका ब्यक्तिलाई यस अवधिमा जागिरमा अनुकूलता रहने समय छ । शत्रु सक्रिय रहने भएकाले बचनमा ध्यान दिनुपर्ने हुन्छ । जीवनसाथीको स्वास्थ्यमा समस्या देखा पर्नेछ । अरुको काममा अवरोध नपुर्याउनु होला । लगानी गर्दा लाभप्रद रहनेछ । घर बाहिर सुख प्राप्त हुनेछ ।
कन्या राशि
कन्या राशि भएका ब्यक्तिलाई यस अवधिमा गरेका हरेक प्रयासहरु सफल हुनेछन् । हरेक समस्याहरु स्वतः समाधान भएर जानेछन् । मित्रजनको सहयोगमा ऋण तिर्न सकिनेछ । सन्तुष्टि बढ्ने, सामाजिक प्रतिष्ठामा बढोत्तरी हुने, व्यापारमा मनचाह लाभ हुनेछ ।
तुला राशि
तुला राशि भएका ब्यक्तिलाई यस अवसरमा अप्रत्याशित खर्च हुने योग छ । व्यवसाय तथा जागिरमा साधारण समस्याहरु आउनेछन् । मित्रसँग मतभेद हुनेछ । थकान बढ्ने, अपेक्षित फल नमिल्ने तथा थालेका काममा बाधा आउन सक्नेछ ।
वृश्चिक राशि
वृश्चिक राशि भएका ब्यक्तिलाई यस अवधिमा उत्तेजना नियन्त्रण गर्नुपर्ने हुन्छ । जीवनसाथीको सहयोगमा गरिने कामले सफलता दिनेछ । व्यवसायिक यात्रा सफल हुनेछ । अप्रत्याशित लाभसमेत हुने योग रहेको छ । भाग्यको साथ पाइनाले चिठ्ठा समेत पर्न सक्छ ।
धनु राशि
धनु राशिका ब्यक्तिलाई यस अवधिमा नयाँ योजना बन्ने योग छ । कार्य प्रणालीमा सुधार भई सामाजिक रुपमा प्रतिष्ठा पाइने छ । सुखका साधन प्राप्त हुने तथा जागिरमा वर्चस्व पाइने योग छ । आयको स्रोत बढ्ने तथा लगानीमा शुभ फल प्राप्त हुने सम्भावना रहन्छ ।
मकर राशि
मकर राशि भएका ब्यक्तिलाई यस अवधिमा भय तथा चिन्ता बढ्नेछ । आँखाको समस्या बढ्ने हुनसक्छ । लेनदेनमा सावधानी अपनाउनु होला, मित्रजनलाई समेत सहयोग नगर्नु नै वेश हुन्छ । व्यावसायिक यात्रा अनुकुल रहने तथा जोखिममा सफलता पाउन सकिन्छ ।
कुम्भ राशि
कुम्भ राशिका ब्यक्तिलाई यस अवधिमा क्रोध र उत्तेजना नियन्त्रण राख्नु अनिवार्य छ । विवाद वा झैझगडामा नफस्नु होला । पुराना रोग बल्झिने वा स्वास्थ्यमा खर्च हुनेछ । वाहन वा मेसिनरी सामाग्रीको प्रयोगमा लापरवाही नगर्नु होला । जोखिम लिनु हानी हुनेछ ।
मीन राशि
मीन राशिका ब्यक्तिलाई यस अवधिमा पूजापाठ एवम् सत्संगमा मन जानेछ । आत्मशान्ति हुने भएकाले कानुनी अल्झनमा नफस्नु नै उत्तम हुनेछ । लाभका अवसरहरु हातमा आउनेछन् । प्रसन्नता बढ्ने, मातहतका ब्यक्तिको सहयोग मिल्ने तथा राम्रो अवसर प्राप्त हुनेछन् ।
प्रतिक्रिया