‘लभ डायरिज’ को गीतमा नाचे टिकटक भाइरल गर्ल्स प्रिष्मा र प्रिन्सी « Khabarhub

‘लभ डायरिज’ को गीतमा नाचे टिकटक भाइरल गर्ल्स प्रिष्मा र प्रिन्सी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चलचित्र ‘लभ डायरिज’ ले फागुन २ गतेलाई रिलिज मिति फाइनल गरेको छ । सुशील श्रेष्ठ स्टारर उक्त चलचित्र भ्यालेनटाइन डेका अवसर पारेर रिलिज हुने भएको हो ।

निर्माण टिमका अनुसार आइतबार चलचित्रको छायांकन पनि सकिएको छ । राजधानीको होटल हायात परिसरमा अन्तिम गीतको छायांकन खिचिएको निर्माण टिमले जानकारी दियो । उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

यस्तै गीतमा सुशील, रुविना थापा, विश्वजित रिमालसँगै प्रिष्मा/प्रिन्सी खतिवडा र कमला घिमिरेलाई देख्न सकिनेछ । टिकटक भाइरल प्रिष्मा/प्रिन्सीलाई पहिलोपटक चलचित्रको गीतमा देख्न पाइनेछ ।

सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रमा सुशील, रुविना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रको ‘सुन्यौ कि सुनेनौ’ बोलको रोमान्टिक गीत यसअघि नै रिलिज गरिएको थियो ।

चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै चलचित्रमा मधु बास्तोलाको कथा/पटकथा रहेको छ । चलचित्रमा लगानी भने विनोद सापकोटाको रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ५४ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको