युवकको कानभित्र ११ वटा जिउँदो साङ्गलो « Khabarhub

युवकको कानभित्र ११ वटा जिउँदो साङ्गलो


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको संवेदनशील अंगमा कान पनि पर्ने गर्दछ । कानको सहयताबाट हामी कुनै पनि ध्वनि सुन्ने गर्दछौँ ।

कानको संवेदनशीलता यतिसम्म हुन्छ कि कानमा थोरै पानी वा कुनै सानो वस्तु छिरेमा हामीलाई निकै पीडा हुने गर्दछ । अझ सानो आकारको कुनै जीवित भुसुना, कमिला वा किरा छिरे कानभित्र गुज्गुजाउनुका साथै असह्य पीडा हुने गर्दछ । तर के तपाई, कोही ब्यक्तिको कानमा ११ वटा साङ्गलो हुनसक्छ भनेर पत्याउनु हुन्छ ?

घटना चीनको हो । चीनका एक युवाको कानमा ११ वटा साङ्गलो फेला परेको छ ।

चीनको ग्वाङ्ग्जाओ प्रान्तको हुआंग जिल्लाका २४ बर्षीय युवा ल्वुको कानबाट चिकित्सकले ११ वटा जिउँदो साङ्गलो निकालेका छन् ।

राति सुत्ने बेलामा दाहिने कानमा अत्यधिक पीडा भएपछि ल्वु स्थानीय सनेह अस्पताल भर्ना भए । जहा उनको कानबाट चिकित्सकले ११ वटा जिउँदो साङ्गलो निकाले । उनका कानमा एक माउ साङ्गलोसहित त्यसका १० वटा साना बच्चाहरु थिए ।

चीनको डेली एक्सप्रेसकाअनुसार सनेह अस्पतालको नाक, कान घाटी (इएनटि) वार्डका चिकित्सकले ल्वुको कानबाट ११ वटा जिउँदो साङ्गलो फेला पारेको हो । बिरामी ल्वुका अनुसार केही दिन अघि उनको दाहिने कानमा भित्र–भित्रै चिलाउने र दुख्ने गर्दथ्यो ।

केही दिनसम्म यस समस्यालाई साधारण ठानेर उनले वास्ता गरेनन् । तर कानमा लगातार दुखाई बढेपछि ल्वु पीडा सहन नसकी अस्पताल भर्ना भएका थिए । जहाँ चिकित्सकले उनको कानमा यताउती घुमिरहेको १० वटा साङ्गलोको बच्चा देखे र तत्काल उपचार थाले ।

चिकित्सकले ल्वूको कानमा साधारण मेडिकल चिम्टीको सहयोगमा ठूलो शरीर भएको एउटा साङ्गलोसहित त्यसको १० बच्चा निकाले । चिकित्सकका अनुसार ल्वुको कानमा साङ्गलो पस्नुमा उनकै दोष देखिएको छ ।

सुत्ने बेलामा उनी ओछ्यानमा प्याकेट चिप्स राखेर खाने गर्दथे । जसको गन्ध र आर्कषणको कारण माउ साङ्गलो ओछ्यानमा आई उनको कानमा पस्यो र त्यही बच्चा पार्याे ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ